जीवनमा जति पनि काम सफल हुन्छन् त्यसको पछाडि श्रमको मात्र हात हुँदैन । श्रमका साथसाथ कार्यशैलीको पनि उत्तिकै हात रहेको हुन्छ । जसलाई रणनीति कार्यविधि वा शैली भन्न सकिन्छ । कहिले काहीं त कार्यभन्दा पनि कार्यविधिको प्रभाव परिणाममा बढी देखिन्छ ।
काम र विधिलाई बुभुनका लागि कक्षामा पढाउने शिक्षकको व्यवहारलाई उदाहरणका रुपमा हेरौं । सबै शिक्षक कक्षामा आउँछन् र पाठ्यमअनुसारको विषय पढाउँछन् । कोही गुरुले चेलालाई गायत्री मन्त्र घोकाएजस्तो गर्छन् र फर्किन्छन् कोही विषयभन्दा बाहिरको गफ गर्छन् र विदा हुन्छन् कोही प्रयोगात्मक अभ्यासका साथ विषय बुझाउँछन् नबुझे भोलि फेरि सोध्ने सुझाब दिएर ुबाई बाईु भन्छन् । प्रवचन अन्तरकि्रया खेल प्रदर्शन छलफलआदि दर्जनौं विधि अपनाएर पढाउन सकिन्छ । एउटै विषय पढाए पनि विधिका कारणले कोही शिक्षक सफल हुन्छन् कोही असफल । अर्थात सफलता वा असफलता भन्ने कुरा विषयमा भन्दा बढी विधिमा भरपर्छ भन्ने तथ्य यस उदाहरणले पुष्टि गर्छ ।
अमेरिकामा आज जुन परिमाणमा नेपाली भित्रिएका छन् त्यसको परिमाण हेर्ने हो भने कुनै नगरमा नेपालीले आफ्नै भाषा बोल्ने जातिको व्यक्तिलाई मेयर बनाउन सक्छन् । बेलायतमा नेपाली व्यक्ति वडासदस्यसम्म भएको खबर आएको छ । तर संयुक्त राज्य अमेरिकामा यो नेपाली मात्रका लागि उत्साहको सम्भावना हालसम्म देखिएको छैन । किनभने विविधता र सहअस्तित्वका लागि विश्वमै उदाहरणीय मानिने यस मुलुकमा नेपालीहरुले चाइना टाउनु इण्डियन कोलोनी भियतनाम सिटी केही बनाउन सकेका छैनन् । चीन भारत भियतनाम आदि ठूलो परिमाणका जनता रहेको मुलुकबाट आप्रवासी भएर आउने जनताको दाँजोमा नेपालीको स्रोत नै सानो भएकोले भयानक क्षेत्रफल रहेको अमेरिकामा नेपालीको संख्या अरुको तुलनामा न्यून हुन्छ नै । तर पनि उपयुक्त विधि अपनाउने हो भने नेपालीको टोल मात्र होइन नगर नै बन्नसक्ने सम्भावना भने प्रष्ट देखिन्छ । नगरपिता नै नेपाली रहेको ठाउँ अमेरिकामा रहनु आज एक रोमााचक कल्पनाको विषय हुनसक्छ तर उपयुक्त विधि अपनाउने हो भने असम्भव नै चािहं लाग्दैन । अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली एकै नगरमा बसोवास गर्न थाले भने यो कल्पना भोलि साकार हुन पनि सक्छ ।
अमेरिकामा आजका मितिमा कति नेपालीभाषी रहेका छन् यो प्रश्नको तथ्य जबाफ कसैसँग पनि छैन । तर यो संख्या केही लाखमा हुनुपर्छ भन्न अब कुनै असजिलो छैन । नेपालबाट आएका नेपाली मात्र नभएर भारत बर्मा भूटान र अन्य मुलुकबाट समेत आएर यहाँ स्थायी वा अस्थायी बसोवास गर्ने नेपालीको तथ्यांक संकलन गर्ने काम भएको छैन । अमेरिकामा सम्पन्न पछिल्लो जनगणनाले यहाँ रहेका विश्वका हजारौं भाषा बोल्ने व्यक्तिको तथ्यांक निस्कन सक्छ । यदि फारम भर्ने व्यक्तिले ढाँटेको रहेनछ भने नेपालीको परिमाण थाहा पाउन सकिनेछ । तर कतिपय अज्ञानता र कति आशंकाका कारण फारम भर्ने व्यक्तिले ढाँटेको वा अलमलमा परेको अवस्था छ । त्यसैले जनगणनाको परिणामलाई पनि शतप्रतिशत सही भन्न गारो पर्ने अवस्था छ । यति हुँदाहुँदै पनि सो तथ्यांक कम्तीमा आजसम्म प्राप्त सम्पूर्ण तथ्यांकको प्रगतिशील अंक हुनेछ सत्यको निकट रहनेछ । जे होस् सो तथ्यांक बाहिर आउनुअघि नै भन्न सकिने यथार्थ के हो भने एक मेयरले साधारण नगरको निर्वाचन जित्नका लागि जति मत ल्याउँछ त्यतिभन्दा बढी नै नेपाली मतदाता अब अमेरिकामा भैसके भन्न सकिन्छ ।
आदरणीय पाठकलाई यस पङ्क्तिकारले सत्य उल्लेख गर्नैपर्छ- यस लेखको उद्देश्य अमेरिकामा नेपाली मेयर उत्पादन गर्नु होइन । नेपाली मात्रको एकताका लागि चिन्तन गर्ने बानी बसाल्नु हो । आत्ममूल्यांकन गर्नु र आफ्नो हैसियतका बारेमा गम्भीर बन्नु हो । नेपाली पनका लागि एक नेपालीले दिनसक्ने योगदानका बारेमा घोत्लिनु हो । हिजो मेरो नागरिकता के थियो भनेर विभाजित होऊँ भन्ने मेरो आग्रह होइन जाति र धर्म विभाजनको सीमा हुनुपर्छ भन्न खोजेको त झन हुँदै होइन । विदेशमा आइपुगेका नेपालीका लागि संगठित हुने आधार बन्नुपर्छ भाषा । संसारमा कोही कसैको मित्र वा आफन्त हुन्छभने त्यसको माध्यम बनेको हुन्छ भाषा । जात-धर्म छोडे पनि छोड्नु नहुने पहिचानको विषय अरु केही नभएर भाषा नै हो ।
नेपाली भाषाको माध्यमद्वारा पीडा शोक प्रसन्नता खुसी ठट्टा हाँसो प्रेम र प्रणय साटासाट गर्ने हामी जति छौं सबै नेपाली हौं । कोही मात्र नेपाली होउँला र कोही भारतीय नेपाली वा भुटानी नेपाली होलान् तर हामी विशेषणविनाको विशेषण नेपाली भएर अमेरिकामा संगठित हुनसक्छौं । सही अर्थमा भन्नुपर्दा वृहत् नेपालीको अवधारणामा हामी प्रवासीलाई समेट्ने फराकिलो भावनाको उदय हुनु आजको आवश्यकता हो । यो भावना हरेक नेपालीको छातिमा उमिरयो भने हामीलाई कसैले होच्याउन खिज्याउन र उपहास गर्न सक्नेछैन ।
अमेरिकामा आएर पनि म फलानो पार्टीको ऊ परचक्री ऊ खस र ऊ जनजाति ऊ पूर्वेली अनि ऊ डोटेली… भनेर हामी जसरी विभाजित भैरहेका छौं यो आफ्नै खुट्टामा आफैले बाचरो प्रहार गर्ने अभ्यास मात्र हो । सायद हामीलाई ठीक तरिकाले मार्गनिर्देश गर्ने नेताको अभाव भएको हो । अन्यथा हामी आफ्नो प्रतिष्ठा र शान बढाउने सम्भावनाप्रति आँखा चिम्म गरेर कालिदासले जस्तै रुखको टुप्पातिर बसेर फेद ढाल्ने अभ्यास गर्ने थिएनौं । यस दिशामा चिन्तन गर्न एकै छिनको समय हामीले निकाल्न सक्यौं भने यस लेखको सार्थकता सिद्ध हुने निवेदन गर्दछु । मुखले हामी नेपाली एक हुनुपर्छ भन्ने तर कार्यशैली अन्यथा अपनाउने कार्य हानीकारक हो भन्ने दिशामा पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।
मिलन हाम्रो राम्रै भयो,
भने जस्तो जीबन गयो ,
कहिले हासो.कहिले पीड़ा,
कहिले बराबर ,
सानो परिबार खुसी परिबार
छोरा छोरी अनि तिनको पढाई,
देश को पीड़ा अनि आमा को माया
भन्दा भन्दै जिन्दगी बीते छ पत्त्तई नपाई,
बिदेसमा घोटीदा घोटीदा ब्लोड़ प्रेसर, र सुगर भईसके छ,
छोरा छोरी ले नेपाल को धर्मं कर्म सबै बिरसी,भने को नमाँ नदा
लागछ किन मुग्लन पसिय छ जस्तो
हेलो हाउउ ड़ोइंग, दिस इज नट माइ बीजनेस भन्दा,
किन अ!इछु परदेश मा भनदई, आफइ लाई धिकार्न पुग्छु,
सुझाबका लागि अनुरोध
संपूर्ण दाजू भाई दीदी बहीनि
नमस्कार ।
म अनिल पाण्डे कतिपय विषयमा अनलाइन तथा अखबारमा लेख प्रकाशित गरी आपुना विचार सार्वजनिक गर्ने र तपाईं तथा तपाईंजस्ता शुभचिन्तकबाट सुझाब पाउने गर्दछु । तर यस पटक प्रत्यक्ष पत्राचार गरेर नै सुझाब माग्ने मनशायले यो पत्र लेख्दैछु । आशा छ सुझाब दिएर मलाई आभारी बनाउनु हुनेछ । यहाँलाई जानकारी छ म मदरल्याण्ड नेपालसँग सम्लग्न छु । यस संस्थाले बिभिन्न समयमा अंतर क्रिया , सांगीतिक कार्यक्रम प्रहसन र सहभोज आदि कार्यक्रम गर्दै आएको छ । मदरल्याण्डजस्ता दर्जनौं संस्था बे-एरियामा छन् उनीहरुबाट पनि यस्ता कार्यक्रम हुने गर्दछन् । मेरो जिज्ञासा यस्तै कार्यक्रमसँग सम्बन्धित छ । प्रायगरी हामी तपाईं र तपाईंजस्ता नेपाली शुभचिन्तकहरुलाई नसोधी कार्यक्रम आयोजना गछौर् तपाईंको रुचि केमा छ जानकारी माग्दैनौं र अमुक कार्यक्रम ठीक होला भनेर आमन्त्रण गर्दछौं । सायद यही कारण हुनसक्छ हामीले अपेक्षा गरेजस्तो उपस्थिति हामी पाउँदैनौं । धेरै पटक आयोजकहरु आर्थिक नोक्सानीमा पर्नुको रहस्य यही त होइन भन्ने मलाई आशंका छ । हुन त अमेरिकामा तीन थरि नेपाली छन्- भर्खरै आएर स्थापित हुन संघर्ष गर्दै गरेका पूर्णतः स्थापित भएर हरेक रात कसैको बर्थडे मिटिङ डिनर मिटिङ आदिमा सहभागी हुदाहुदै नेपालीपनका लागि समय दिन नसकेका र यी दुवै समूहमा नपरेको तेस्रो समूह । मलाई लाग्छ नेपालीपन र आपुनो पहिचानका लागि सोच्न् सम्पूर्ण जिम्मेबारी यही तेस्रो समूहको काँधमा छ- पहिलो समूह सक्तैन र दोस्रो समूह चाहँदैन । त्यसैले पनि नेपाल र नेपालीको पहिचानका लागि आयोजना गरिएका कार्यक्रममा उपस्थिति न्यून हुने गर्दछ । कहिले काहीं त न्यून सहभागिताले यस्ता कार्यक्रम यति असफल हुन्छन् कि आयोजकले जीवनमा दोस्रो कार्यक्रम गर्ने सोच कहिल्यै बनाउँदैन । आयोजकलाई निरास बनाउने अर्को कारण- हामी नेपालीबीचकै विभाजन पनि हो । खासगरी अली अली राजनीती एकातिर जनजाति अर्कातिर र भौगोलिक क्षेत्रका आधारमा संगठित समूह अर्कैतिर…। उभिने र यो मेरो कार्यक्रम होइनु भन्ने भावनाले एक नेपालीले अर्को नेपालीको कार्यक्रमलाई हेर्ने दृष्टिकोण पनि कारण हो कि बहुल जति भाषा धर्म संस्कृति छन् विशालु भनेर राष्ट्रिय गीत गाउँदा सुन्दर पुलहरुको साझा पुलबारीको कल्पना गरिए पनि यही कारण हामी विभाजित भैरहेका पो छौं कि ? यहाँले मेरो आशय बुझिहाल्नुभयो । नेपाल र नेपालीको प्रभाव उच्च राख्न एकताबद्ध भएर प्रवासी नेपालीले कसरी अघि बढ्नुपर्ला यही नै मेरो जिज्ञासा हो । कृपया सुझाब-सल्लाह दिनुहोला ! तपाईंको अमूल्य समय लिएँ माफ गर्नुहोला । साथै सहयोगका लागि धन्यवाद पनि स्वीकार्नुहोला है !
अमेरि का मा तपाई घर किँदै हुनुन्छ होसियार एक पटक .............................. अमेरिकीहरु घरबारविहीन हुने क्रममा अमेरि का मा कसरी घर बार बिहीन हुन्छन् ? अनिल पाण्डे अमेरिका आउने र यहीं वसोवास गर्न चाहने हरेक विदेशीले चिन्तन गर्नुपर्ने विषयमा लेखक कलम चलाउँदै छ । यहाँ घर बनाएर बसेका व्यक्तिहरुसमेत के-कस्ता समस्यामा छन् उनीहरुको जीवन कसरी चलिरहेको छ बुभुनु आवश्यक भएको छ । आलेखको शीर्षकले नै बताएको छ- अमेरिकीहरु घरवारविहीन हुँदैछन् । यसले प्रष्ट पार्दछ- घर हुनेहरुसमेत समस्यामा छन् भने अरुको अवस्था के होला यही अवस्थालाई ध्यान दिएर लेखकले आपुनो लेखको शीर्षक- अनिल पाण्डे अमेरिकामा घरवारविहीन हुने क्रममा भन्न चाहेको थियो तर आपुनै नाम शीर्षकमा ल्याउनु सेन्सेसनलु हुने डरले यसले शीर्षक बदल्यो । यो लेखक विगत दुई दशकदेखि अमेरिकाको वासिन्दा हो । यसबीचमा अनगिन्ती पापड बेलेपछि यौटा पुल्याट किन्न यो सफल भएको थियो अपार्टमेन्ट कल्चरमा जसलाई घर किनेको भनिन्छ । काठमाडौंमा जन्मी-हुर्की गरेको उच्च-मध्यम वर्गको एक नेपाली जब अमेरिका आयो उसको हातमा रेष्टुरा व्यवसाय साचालनको सीप थियो । मेनेजर भएर अनुभव सँगालेको सीप । काठमाडौंको भान्सा घर नामको नाम चलेको रेष्टुरामा वर्षौंको अनुभव सँगालेर यो यहाँ आएको भए पनि यसले तत्कालै मेनेजर हुन पाएन । ड्राइभर हुनका लागि खलासीबाट सुरु गर्नुपर्ने श्रृंखला यसले पुनः प्रारम्भ गर् यो तर छिटै पुन मेनेजर नै भयो । आज क्यालिफोर्नियास्थित sizzler रेष्टुरामा मेनेजर भएर यसले काम गरिरहेको छ । एक सातामा ५५ घण्टा घोटिएर काम गर्दै गएपछि चार वर्षअघि यसले अलामेडामा घर किनेको थियो तर अब त्यो घर यसको घाँटीमा झुण्डिएको जाँतो भएको छ ! जाँतोले तानेर पानीको गहिरो दहमा डुबाउने भयानक सम्भावनाको डिलमा बसेर यसले आपुनो अपरेसन गरिरहेको छ । आपुना कमजोरी देखाइरहेको छ । खासगरी अनिल पाण्डेको पीडा सुन्दा आनन्द मान्ने कोही छभने उसलाई त्यो अवसर प्रदान गरिरहेको छ । आखिर किन मृत्युशय्यामा पुगेपछि जतिसुकै ठूलो हैसियतको व्यक्ति किन नहोस् उसलाई सर्वाङ्ग रुपले नग्न पार्ने हाम्रो परम्परा छ । आधा जीवन रगतको पसिना बगाएर किनेको घर छोड्ने अवस्थामा पुग्नु वा घरबारविहीन हुनु एक व्यक्तिका लागि मृत्युको अनुभव गराउने पीडा हो । यस पीडाबाट बचाउन घरधनीहरुका लागि आउने भनिएको ओबामा प्याकेजु को सपना देख्नु मात्र यस बेला यसको एक्लो विकल्प भएको छ । सुधारिएको विशेष घरधनी कार्यक्रम यमषष्अबतष्यल कउभअष्बि उबअपबनभ या इद्यबःब् ले पनि चिनिने यसको सपना सँगालेको त्यति नै अवधि भयो जति अवधि बाराक ओबामा राष्ट्रपति भएको भयो । तर आजसम्म सो कार्यक्रम आउन सकेको छैन । समस्या के हो र कसरी सिर्जना भयो अमेरिकामा आउने र स्थायी बसोवास गर्न चाहने हरेकका लागि चासोको विषय छ । वास्तबमा ठूला शहर वा विकसित मुलुकमा एपार्टमेन्ट किन्नेहरुमा १० मा ९ ले किस्ताबन्दीमै किनेका हुन्छन् । मासिक घरभाडा तिर्दै जाने चलन हुन्छ । यस चलनअनुसार घरको किस्ता तिर्न सातामा ५५ घण्टा राम्रो चलेको रेष्टुराको मेनेजर भएर काम गर्ने व्यक्ति कठिनाइ महसुस गरिरहेको छ भने अरुको अवस्था के होला । प्रतिमहिना २ हजार ९ सय डलर किस्ता तिर्नु सामान्य कुरो हाइन । त्यसलाई घटाउनै पर्ने भएको छ । यस सन्दर्भमा समस्या के छ भने किस्ता तिर्न गाह्रो भयो अब म घर बेच्छु भन्न म सक्तिनँ ! हेर्नुस् त कस्तो गलगाँड झुण्डिएको । बास्तबमा आर्थिक मन्दी सुरु हुनुअघि मैले सो घर ४ लाख ५० हजार अमेरिकी डलरमा किनेको हुँ । अब मैले बेच्न खोज्दा झण्डै आधा घट्नुपर्छ । घरको मूल्य घटेर आज ३ लाख ३० हजारमा झरेको छ । थप बिडम्बना के भने जबकि म अलामेडा नगरपालिकालाई ४ लाखको मूल्यमा सम्पत्ति कर तिरिरहेको छु । अमेरिकाजस्तो वैज्ञानिक व्यवस्थापन तथा नीतिगत पद्धतिका आधारमा चल्ने भनिएको मुलुकको अवस्था यस्तो होला भनेर कसैले सोच्न सक्छ लौ घरको मूल्य घट्यो रे केही समय प्रयोग गरें भनेर छातीमा ढुंगा राखौंला तर बेच्न पनि नपाउनु ! तपाईंलाई लाग्ला सारै असजिलो परेको भए ३ लाख ३० हजार डलरमै बेच्नु क्या त तर मैले त्यसो गरेंभने म पुरानै मूल्यमा किस्ता तिरिरहन वाध्य हुन्छु । त्यस बेला बस्नका लागि मसँग घर पनि हुँदैन र मैले तीन लाख तीस हजार पनि बिस्तारै पाउँछु र अर्को कुनै घरमा भाडा तिरेर बस्नैपर्ने वाध्यतामा पुग्छु । बेचेको घरका लागि आपुनो खल्तीबाट पैसा बुझाएर र नयाँ भाडा पनि तिरेर बसिरहेको हुनेछु । उफ कसैले कल्पनै गर्न नसक्ने समस्या ! फेरि समस्या एक्लो ज्यानको पनि होइन । मसँग सिंगो परिवार छ- श्रीमती छोरा र छोरी । छोरा-छोरी दुबै कलेज र स्कुलमा पढिरहेका छन् पढाइ सस्तो छैन । मजस्तो समस्यामा परेका धेरै घरधनी नभएको पैसा खोजेर वकिल पोसिरहेका छन मोडीफिके सनको नाम मा त्यसमा म पनि छु । अर्थात् यस विषयमा मुद्दा चलिरहेको छ डेढ वर्ष भयो कुनै प्रगति भने भएको छैन । खराब लोन को कारण अब अर्को वर्षबाट मैले तिर्ने किस्ताको व्याज बढेर ९ पुग्नेछ तेसईले येदी तपाई घर किन्ने बिचार मा हुनु हुनुछ भने लोन को बारे मा राम्रै अध्यन गर्नु होला । जब कि आजसम्म म ६ प्रतिशत तिर्दैछु । व्याज बढेपछि म अझ बढी ठूलो समस्यामा पर्ने निश्चित छ र मैले घर मा लग।नी गरेको अथबा नेपाल को घर बेचेर ल्यायको पैसा ले कीने को अमेरिका को घर बर्बाद हुने छ । मैले जति मूल्यको घर हो त्यतिका लागि मात्र कर तिर्न पाउनुपर् यो भनेर नगर वित्तीय प्रतिष्ठानमा मुद्दा हालेको हुँ । श्ष्िियध।अयु को पछि पनि लागिरहेको छु । यदि मैले तत्कालै केही गर्न सकिन भने म अर्को वर्ष बेघर हुनेछु । यसका लागि मजस्ता व्यक्तिबीच एकताको खाँचो छ । एकजुट भएर स्थानीय प्रशासनसँग दलिल पेस गर्न सकियो भने मात्र निकास पाइने छ । यो पङ्क्तिकार सबैसँग सहयोगको अपेक्षा गर्दछ ।
नेपाल सेनाका पूर्व प्रधान सेनापति तथा यस कार्यक्रमका प्रमुख आकर्षण केन्द्र रुक्माङ्गद कटवालज्यू क्यालिफोर्नियाको यस बे-एरियाका नेपाली वासिन्दाहरु बुद्धिजीवी तथा पत्रकार साथीहरु
सर्वप्रथम म कटवालज्यूप्रति हार्दिक स्वागत अभिवादन प्रकट गर्दछु । यस क्षेत्रका नेपालीको सम्मान गर्दै समय उपलब्ध गराएर उपस्थित हुनु भएकोमा कटुवालज्यूप्रति धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । तपाईंको अनुभवले खारिएका विचार सुन्न हामी व्यग्र छौं । एक सैनिक भएर पनि राजनीतिज्ञसरह बहुचर्चा हासिल गरिसक्नुभएका र नेपालको राजनीतिक वृत्तमा चर्चाको शिखर चुम्नुभएका तपाईंले मात्र अमेरिकामा रहेका नेपालीका जिज्ञासा पूरा गर्नसक्ने मेरो विश्वास छ ।
नेपाल आजका मितिसम्म पनि अस्थिरताको शिकार भैरहेको छ । स्थायी शान्ति प्राप्त गर्ने जनचाहना जहाँको त्यहीं अड्किएको अवस्था छ । मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर् यो नयाँ फड्को मार् यो भनिएको छ । तर आमनेपालीको जीवनमा कुनै परिवर्तन आएको छैन । आर्थिक समृद्धिविना यो परिवर्तन सम्भव पनि छैन । जुन मुलुकमा राजनीतिक स्थायित्व छैन त्यस मुलुकका लागि औद्योगिक विकास असम्भव नै छ । नेपालमा एकातिर संघीय गणतान्त्रिक लोकतन्त्रको घोषणा गरिएको छ भने यसभित्रका कतिपय मुद्दामा जनमत संग्रहमा जानुपर्ने माग गर्दै आन्दोलन पनि चलाइएको छ । तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीको सिको गर्दै ुहतियारबन्ध राजनीति गरियो भने संसद् र सरकारमा प्रभाव पार्न र हैसियत बनाउन सकिन्छु भनेर गलत नजिर पढ्नेहरुको जमात पनि सानो छैन । यी विषयले मुलुकलाई अझ बढी जटिल मोडमा पुर् याएका छन् । माओवादी लडाकुलाई राष्ट्रिय सुरक्षा संयन्त्रमा समावेश गर्ने विषयमा पुगेर आज शान्ति प्रकि्रयाको हलो अड्किएको छ । असुरक्षाका सम्भाबना अझ बढी गाढा हुँदै आएका छन् । यस्तो अवस्थामा नेपाल सेना जो राष्ट्रिय सुरक्षाका लागि चिन्तनशील अन्तिम राष्ट्रिय निकाय हो ऊ सतर्क रहनु स्वाभाविक हुन आउँछ । यसरी हेर्दा पूर्व प्रधान सेनापति जसले दशकौं नेपालको सुरक्षा अवस्थालाई देख्नु र भोग्नु भएको छ उहाँको विचार नितान्त महत्वको हुनेछ । यसअतिरिक्त पूर्व प्रधान सेनापनि कटवालबाट एनआरएनका बारेमा पनि उपयोगी सुझाब प्राप्त हुनसक्छन् भन्ने म ठान्दछु । निकट भविष्यमा हुने एनआरएनएको सम्मेलनले अमेरिकामा रहेका नेपाली संस्थाहरुको छाता संगठन एएनए नेपाल अमेरिका समिति एनएसी राष्ट्रिय समन्वय समिति एनसिसी गैरआवासीय नेपाली संगठन अमेरिका एनआरएनएए गैरआवासीय राष्ट्रिय समन्वय समिति एनआरएनएनसिसी र गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय समिति एनआरएनआइसिसी र एनआरएनलगायतका संस्थाहरुबीचको सम्बन्ध कस्तो रहने भन्ने सम्बन्धमा पनि निर्णय लिनेछ । यी प्रवासी नेपाली संगठनलाई ऐक्यबद्धताका साथ अघि बढ्न कटवालज्यूजस्ता व्यक्तिहरुको सुझाब पनि सहायक हुनसक्छ । नेपाल विकास निर्माणको अभावमा अस्थिरतातिर लागिरहेको र एनआरएन तथा यसका सदस्य ुअवसर प्रदान गर हामी लगानी गर्न तयार छौंु भनिरहेको अवस्था छ । दोहोरो नागरिकता प्रदान गरेर प्रवासी नेपालीलाई सम्मान दिने हो भने शान्ति स्थापनामा उनीहरुको योगदान अवश्य पुग्नेछ ।
यस्ता सबै विषयमा अनुभवी व्यक्तित्व कटुवालज्यूको धारणा प्राप्त हुने विश्वास प्रकट गर्दै विदा हुन्छु ।
धन्यवाद ! अनिल पाण्डे अध्यक्ष मदरल्याण्ड नेपाल
Subject: इन्टरनेटमा चरित्रहत्या गर्ने होसियार, आइपी छ सुरक्षा गार्ड !
जब मेरो लेखलाई लिएर तथानाम गाली गरेर प्रतिकृया लेखियो तब म आइपी एड्रेसको प्रयोग गर्दै त्यस भित्र रहेको राज्य शहर र टोलमा मात्र होइन कम्प्युटरसम्म नै पुगें
आधुनिक संचार येन्त्रका संजालहरुको संजाल इन्टरनेट समाज विकासका लागि एक अनिवार्य आवश्यकता सावित भैसकेको छ । तर विकासका यस्ता साधनको दुरुपयोग गर्नेहरुको जमात पनि सानो छैन । विकासलाई विनासमा परिणत गर्ने यस्ता तत्वहरु विश्वमा यत्रतत्र छरिएर रहेका छन् । यस्ता गलत तत्वको जमातमा नेपालीहरु पनि सरिक भएका छन् भन्नु पर्दा हीनताबोध हुन्छ । त्यसो त लुकेर सरिक हुने यस्ता तत्वलाई पत्ता लगाउने प्रविधि पनि छ । त्यस प्रविधिको नाम हो- आइपी एड्रेस ट्रेकिंग सिस्टम ।
हामीले प्रोयाग गर्ने हरेक संचार येन्त्र इन्टरनेट संजालसंग जोडिंदा तेस्को पहिचानकोलागि हरेकलाई फरक नम्बर दिएको हुन्छ जसलाई इन्टरनेट प्रोटोकल एड्रेस भनिन्छ | आज अत्य्धुनिक पर्विधिका कारणले तपाइले प्रयोग गरेको संचार येन्त्र (कम्प्युटर, मोबाइल) बाट कुनै अर्को येन्त्रमा (कम्प्युटर, मोबाइल, वेबसाइट सर्भर) सूचना प्रबाह गर्दा तपाइको आईपी ठेगाना पनि तपाइको सूचना संगै जाने गर्दछ र भण्डार� भएर बस्छ | इन्टरनेट प्रकिरयाको ठेगाना खुलाउने विधिलाई आइपी एडे्रसु भनिन्छ । इन्टरनेट प्रोटोकल भनिने यस विधिका माध्यमद्वारा अरुको नाम गरेर कसैको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पर्छ । जस्तो गत साता यस लेखकको लेखमाथि काल्पनिक नाममा टिप्पणी गर्ने महानुभाव को थियो भन्ने प्रष्ट भयो । आइपीले आपराधिक मानसिकताको व्यक्तिका बारेमा सार्वजनिक गरिदियो । सो व्यक्ति यसले नेपालमा रहँदादेखि नै सहयोग गर्दै आएको र अमेरिकामा पनि साथी बनाएर नजिकमा राखेको व्यक्ति रहेछ भन्ने सार्वजनिक भयो । > यस पङ्क्तिकारले गिरनकार्डको अनुहार कान्छाबाको जस्तो शीर्षकमा एक लेख प्रकाशित गरेको थियो डिसी-नेपाललगायतका लोकपि्रय अनलाइन वेबसाइटले त्यसलाई स्थान दिएका थिए । तर ती पुराना मित्रले यसलाई कपोलकल्पित यस्ता विषय उठाएर गाली गरे कि अन्य साथीहरुका लागि हो कि क्या हो भन्ने पारेर छोडे । म कुनै दिन रुघा लागेर सुतेको तिथि थाहा पाएका ती निकटका मेरा मित्रले फलानो दिन अनिल सुतेको थियो नि हो त्यो दिन उसले बेस्सरी रक्सी खाएको थियो अर्थात ऊ लागू पदार्थको अम्मली हो भनेर पुष्टि गरिदिए । मलाई ओछ्यानमा सुतेको देख्ने सबैले अनिल जड्याहा रहेछ सुतेको त मैले देखेकै हो भनेर सप्रमाण स्वीकार गर्ने वातावरण तयार पार्ने ती मित्रको घरसम्म पुर् याउने काम मलाई आइपी एड्रेसले नै गर् यो । अनलाइन अखबारहरुमा बेनाममा वा काल्पनिक नाममा जसले सामग्री पठाउँछ त्यस सामग्रीका साथ इन्टरनेट प्रदायकको सङ्केत नम्बर पनि टाँसिएर त्यहाँ पुगेको हुन्छ ।� कुन इन्टरनेट प्रयोग गर्दै सामग्री पठाइएको हो पत्ता लगाउन सकिन्छ । विकिपेडियाका अनुसार दुई सिद्धान्तका आधारमा यसले काम गर्दछ- इन्टरनेट सेवा प्रदायकको परिचय दिने र सामग्री पठाउने कम्प्युटरको ठेगाना खुलासा गरिदिने । यसको परिचय दंदै भनिएको छ यसले प्रेषकको नाम बताइदिन्छ जो हामीले खोजेका हुन्छौं ठेगाना बताइ दिन्छ जहाँ हामी पुग्न चाहन्छौं बाटो पनि बताइदिन्छ जसबाट कसरी सामग्री प्राप्त भयो हामी जानकारी पाउँछौं ।
आइपी एड्रेस साधारण सुरक्षा नम्बर हो जस्तो टेलिफोन कहाँबाट आयो भन्नका लागि कलर आइडीमा हेर्न सकिन्छ त्यस्तै मेल कहाँबाट पठाइयो भनेर थाहा पाउने यो विधि हो । फरक कति मात्र भने टेलिफोन नम्बर जसले पनि हेर्न-पढ्न सक्छ तर आइपी एड्रेस चािहं लुकेको हुन्छ । थप सानो प्राविधिक अभ्यासपछि मात्र यसलाई पढ्न सकिन्छ । > उदाहरणका लागि जब डिसी नेपालमा प्रकाशित मेरो लेखलाई लिएर तथानाम गाली गरेर प्रतिकि्रया लेखियो त्ाब म आइपी एडे्रसको प्रयोग गर्दै त्यस मित्र रहेको राज्य शहर र टोलमा मात्र होइन कम्प्युटरसम्म नै पुगें । रमाइलो तथ्य के फेला पर् यो भने मलाई गाली गर्ने मित्रले काल्पनिक नाममा धेरैलाई गाली गर्ने पेशा नै बनाएको रहेछ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई पनि तथानाम गाली गरेको फेलापर् यो । यस्ता दर्जनौं व्यक्तिको मानमर्दन गर्ने व्यक्तिलाई अनजानमा मैले साथी ठानेर राखेकोमा म आफै लज्जित भएँ । निजले प्रयोग गरेको कम्प्युटरदेखि डिसी नेपालसम्म निजको यात्रा यस प्रकार तय भएको प्रमाण फेला परेको छ । केही उदाहरण हेरौं- > Jirekursani everest desh ma kunai kanun naitikata ra imandarita na rahe pachhi aslil sabda bolnu ke ko kharabi ho ra ? sujata euta randi bhanda farak chhain sud le ek bottel raksi die pachhi fariya fukalchhe madhabe tyo indiya ko bhat ho prachande tyo indiya ko dalal ho sujata tyo sud ko rakhauti ho aba ke ko naitikta ko kuro ra patrika ma chhapna namilne ma.......///kni� > �March 20, 2010, 3:43 am @72.196.26.76 > मन्त्रिपरिषदको� बैठकमा अश्लील शब्द ... > 28 मार्च 2010 ... tyo sud ko rakhauti ho aba ke ko naitikta ko kuro ra patrika ma chhapna namilne ma.......///kni. March 20, 2010, 3:43 am @72.196.26.76 ... www.nepalarab.com/news.php?id=4849 - Cached आइपी ट्रेकिंग सिस्टमले कसरी काम गर्दो रहेछ त ? 72.196.26.76 को ट्रेकिंग गर्दा एस्तो देखियो :� 72.196.26.76 IP address location & more: > IP address [?]: 72.196.26.76 Copy [Whois] [Reverse IP] > IP country code: US > IP address country: United States > IP address state: Nebraska > IP address city: Omaha > IP postcode: 68127 > IP address latitude: 41.2061 > IP address longitude: -96.0451 > ISP of this IP [?]: Cox Communications > Organization: Cox Communications > Host of this IP: [?]: ip72-196-26-76.om.om.cox.net [Whois] [Trace] > Local time in United States: 2010-03-31 19:54 � Pls click below for Google Map of this IP:� � http://maps.google.com/maps?ll=41.206176,-96.044873&spn=0.001413,0.001878&z=18&key=ABQIAAAAEHSQK1vAAAuBZm_l9nDfuxR-o64xXIeDw7j_JZZzFnbEVH6OthQCJTz0e4bbm3CpyEKMFqf7FEzFIw&mapclient=jsapi&oi=map_misc&ct=api_logo
यस प्राविधिक उदाहरणले के सावित गरेको छ भने अरुको बद्नाम नगरी निद्रा नलाग्ने रोगीहरुले अब आपुूलाई समयसापेक्ष तथा हिम्मतिलो बनाउनु अनिवार्य छ । खुला रुपमा बाहिर प्रकट भएर र आफ्नै पिसी प्रयोग गरेर अरुको बद्नाम गर्नेले त आपुलाई सुधार्नै पर्छ । साथै जो पायो उही व्यक्तिलाई आफ्नो कम्प्युटर दिने काम पनि कम खतरनाक रहेनछ भन्ने यस आइपी एडे्रेसले देखाएको छ ।
तर यस्ता गलत तत्वले सावधान हुनुपर्ने भएको छ किनभने अमेरिकी सरकारको प्रशासनमा यस्ता एकाइ छन् जसले आइपी एडेरसका आधारमा मुद्दा सुनबाइ गर्छन् । यस लेखकले सोही एकाइमा पुगेर न्यायका लागि ढोका ढकढकाइसकेको छ । अमेरिकामा मानहानीविरुद्ध मुद्दा हाल्ने नेपालीको संख्या देखिदैन । तर त्यो संख्या बढाउन यो लेखक वाद्ध भएको छ र अरु मित्रहरु जो यसको जस्तै अन्या भोगिरहनु भएको छ मुद्दा हाल्न सक्नुहुन्छ । कतिलाई यसका बारेमा कानुन छ भनेर थाहा नभएकाले पनि चुप लागेको अवस्था हुनुपर्छ । तर अनलाइनमा मानहानी गर्ने वा पाठक प्रतिकि्रया पठाउने व्यक्तिलाई सजाय हुने प्रावधान अमेरिकी कानुनमा छ र यो व्यवस्था निरन्तर चलिरहनुपर्छ । अनलाइनको माध्यमद्वारा गरिने मानहानीबाट सुरक्षित रहनका लागि पीडितले थोरै मात्र सकि्रयता देखाउनु भने आवश्यक छ । अमेरिकी सरकारले यस्ता आपराधिक गतिविधि नियन्त्रणका लागि कार्यालय नै खोलेको छ ।एव्युज डिपार्टमेन्टु अर्थात अधिकार दुरुपयोग विभागमा तपाईंले फोन गरेर उजुरी दर्ता गर्न सक्नुहुन्छ । त्यहाँका कर्मचारीले नै तपाईंलाई अब यसो गर्नुस् भनेर सम्पूर्ण प्रकिरया खुलासा गरिदिन्छन् र विधिका बारेमा जानकारी पनि गराउँछन् ।
प्रवासी नेपाली संगठनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता
करिव तीन करोड नेपालीको जनसंख्यामा कम्तीमा १० प्रतिशत नेपाली मुलुकबाहिर रहेको अनुमान छ । यो प्रतिशत तेस्रो मुलुकको मात्र हो । खुला सिमानामा रहेको छिमेकी भारत जसलाई दोस्रो मुलुक भन्ने गरिन्छ त्यहाँ गएका नेपालीको संख्या थप्ने हो भने यो प्रतिशत १५-२० तिर पुग्छ । मुलुक छोडेर विदेशमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको तथ्यांक ठीक-ठीक रुपमा उपलब्ध गराउने आधिकारिक निकायको अभावमा यति नै नेपाली फलानो मुलुकमा छन् भन्नसक्ने अवस्था छैन । कामदार तथा विद्यार्थी बनेर नेपाल छोड्ने नागरिकहरुको संख्या सर्वाधिक छ । त्यसमध्ये ठूलो परिमाणको समूह गैरआवासीय नेपालीका रुपमा विदेशमा बसोबास गरिरहेको छ । विदेशमा रहेका नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएर आफ्नो हक-हितका लागि प्रयासरत छन् । गैरआवासीय नेपालीका संगठनहरुलाई छाता ओढाउने काम फेडेरेसनु हरुले गरेका छन् । जस्तो अमेरिकामा रहेका नेपाली संस्थाहरुका लागि एएनए छाता संगठनका रुपमा सकिरय छ । यस्ता छाता संगठनहरुले नै एनआरएनएलाई बलियो बनाउने गर्दछन् ।
एनआरएनए ल्यल चभकष्मभलत ल्भउबभिकभ ब्ककयअष्बतष्यल का सम्बन्धमा सबैलाई खासगरी नेपालबाहिर बसोबास गर्ने तमाम सचेत नागरिकलाई राम्रोसँग जानकारी छ । एनआरएनएप्रति जानकारी राख्ने प्रवासी नेपाली आज विश्वका पचासौं मुलुकमा उल्लेख्य संख्यामा रहेका छन् । मलेसिया इण्डोनेसिया खाडीमुलुक दक्षिण कोरियाआदिमा पनि नेपालीको लाम देखिन्छ तर यी मुलुकमा अधिकांशतः रोजगारीका लागि नै जाने र कमाएर फर्किने प्रवृत्ति अधिक छ । यस्ता नेपालीले एनआरएनएका सम्बन्धमा त्यति रुचि नलिए पनि विदेशमै बसोवास गर्ने मनस्थितिका व्यक्तिका लागि यो ठूलो आधारको स्रोत हुन पुगेको छ । कोरियामा समेत १० हजारभन्दा बढी नेपालीको डायस्पोरा तयार भएको अवस्थामा यसप्रतिको चासो भने दिन-प्रतिदिन बढिरहेको छ भन्न गारो छैन । भन्न के खोजिएको हो भने नेपालबाहिर पनि अब ठूलो नेपालले जन्म लिइसकेको छ । त्यसको समृद्धि र सुरक्षाका लागि सोच्न्ो बलियो निकायको आवश्यकता प्रष्ट देखिएको छ । यस आवश्यकताको परिपूर्तिका लागि एनआरएनएले जे-जति गर्दैछ त्यो स्वागतयोग्य छ- तर त्यतिले मात्र पुगेको छैन ।
नेपालीको बाक्लो उपस्थिति देखिने हरेक मुलुकमा एनआरएनएका प्रतिनिधि संस्था खुल्नु आजको आवश्यकता भएको छ । यसै आवश्यकतालाई महसुस गर्दै संयुक्त राज्य अमेरिकामा रहेका नेपालीले काम पनि थालिसकेका छन् । यसले हालै मात्र प्रकाशित गरेको विज्ञप्तिमा आगामी जुलाई ४ मा सम्मेलन गर्ने घोषणा गर्दै भनेको छ- अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई उनीहरुको चाहना र आवश्यकता पूर्ति गर्ने तथा समृद्धिका लागि संगठित गर्ने उद्देश्यले एनआरएन अमेरिकाको तदर्थ समिति गठन भएको छ । एनआरएन अमेरिकाको उद्देश्य कार्यक्रम र कार्यनीति पारित गर्ने र नयाँ कार्यसमितिको चयन गर्ने यस सम्मेलनमा अमेरिकामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीको सहभागिता रहने पनि सो विज्ञप्तिले खुलासा गरेको छ ।
एनआरएनए अमेरिका गठनका लागि हालै मात्र अमेरिकामा स्थापित नेपाली संस्थाहरुको एक मात्र प्रभावशाली छाता संगठन एएनए को पहलमा एक तदर्थ समिति गठन भएको र त्यहाँ रहेका गैरआवासीय नेपालीलाई लक्ष्य गरेर उनीहरुको संरक्षण सुरक्षा र विकासका लागि आफ्नो क्षेत्रबाट क्षमताको अन्तिम विन्दुसम्म पुगेर निरन्तर योगदान िदंदै आएको एएनएले नै एनआरएनए अमेरिका गठनका लागि पहल गर्नु यसको नैतिक जिम्मेबारी तथा अधिकार पनि रहेको जानकारी गराइएको छ । एएनएले आफ्नो स्थापनाकालबाट नै अमेरिकामा रहेका गैरआवासीय नेपालीका साथ सहकार्य र सहयोग गर्दै विभिन्न परियोजना अघि बढाउँदै आएको छ ।
एनआरएनए अमेरिका तदर्थ समितिको विज्ञप्तिमा भनिएको छ हामी एनआरएनए अमेरिकाका लागि सकिरय हुन चाहने सम्पूर्ण संस्था तथा व्यक्तिहरुको उच्च मूल्यांकन गर्दै उहाँहरुको लोकतान्त्रिक अधिकारको सम्मान गर्दछौं । उहाँहरुलाई आफ्नो अधिकारको प्रयोग गर्न एनआरएनए अमेरिकाको प्रथम सम्मेलनमा सरिक हुन हार्दिक आह्वान गर्दछौं ।तदर्थ समितिले अमेरिकास्थित एनआरएनए अमेरिकाको ध्येय सम्पूर्ण नेपाली र नेपाली मूलका व्यक्तिलाई उनीहरुको उच्चतम हितका लागि संगठित गर्नु सहकार्य गर्दै अघि बढ्नु र उनीहरुको प्रतिनिधित्व गराउनु रहेको जानकारी गराएको छ । उसले अमेरिकास्थित गैरआवासीय नेपालीको संगठन एनआरएनए अमेरिकालाई प्रारम्भदेखि नै सबल सक्षम र उद्देश्यमा अडिग रहन उचित वातावरण तयार पारिदिनका लागि सबैमा आह्वान पनि गरेको छ । म्यासाचुसेट्स साउदर्न क्यालिफोर्निया वािसंगटन डि।सी। फ्लोरिडा न्यूजसर् टेक्सस नर्दन क्यालिफोर्निया सियाटल वािसंगटन जर्जिया मेरिल्याण्ड र न्यूयोर्कका लागि संयोजक तोकेर गठन गरिएको ११ सदस्यीय तदर्थ समिति भव्य सम्मेलनको तयारीमा जुटेको छ । एनआरएनए अमेरिकालाई सक्षम र उदाहरणीय बनाउनका लागि डिल्लीराज पौडेल बाल्टिमोर सँग लेखक निकै सहमत छ । विरोधका लागि भन्दा डायस्पोरा को समर्थनका लागि काम गर्नु र एनआरएनए अमेरिकाका बारेमा जानकारी आदान-प्रदान गर्नु आजको आवश्यकता हो भन्ने उहाँको सुझाब स्वागतयोग्य छ । एनआरएनए अमेरिकाले विगतका गतिविधि संस्था गठन गर्नुको उद्देश्य भावी कार्य योजना र अन्तर्राष्ट्रिय ऐक्यवद्धताका पक्षमा ध्यान दिनु भने अनिवार्य छ । नयाँ एनआरएनए अमेरिकाको आवश्यकता र विमतिका विषयहरु पहिचान गरेर लोकतान्त्रिक तरिकाले डायस्पोरा लाई सम्झाउने हो भने एकताबद्ध भएर सबै नेपाली सहयोग गर्न तत्पर हुनेछन् । आज प्रवासमा पुगेका नेपालीको प्रथम अभीष्ट भनेको दोहोरो नागरिकता प्राप्ति रहेको छ । कसैलाई पनि आफ्नो मात्रृभूमि नेपालबाट नाता तोड्न ईच्छा छैन । नेपालीहरु केबल अवसरको खोजीमा मात्र विदेश पुगेका हुन् । यसका लागि एनआरएनए अमेरिकाले कसरी आन्दोलन गर्छ र अभियान चलाउँछ सबैको रुचि यसमै केन्द्रित छ । नागरिकताको सट्टा परिचयपत्र दिने र त्यो प्रदान गर्न पनि नागरिकता ऐन २०६४ ले बाधा पुर् याउने जुन विडम्बनापूर्ण अवस्थाको चित्रण पौडेलले गर्नुभएको छ त्यो मार्मिक छ । गत २९ मेमा सम्पन्न टेलिकन्फरेन्सले पनि एनआरएनए अमेरिकाले के गर्दैछ भन्ने सन्दर्भमा केही प्रकाश पारेको छ । सजीव एवं लोकतान्त्रिक संगठनमा विवाद र विमति स्वाभाविक पक्षहरु हुन् तर विखण्डन कसैको चाहना हुन सक्तैन । हामी खण्डीत भएर अघि बढ्न सक्तैनौं । नेपालबाहिर २५-३० लाखको परिमाणमा रहेका नेपाली र उनीहरुले गठन गरेका संस्थालाई समृद्ध र सफल बनाउन ऐक्यबद्धता आजको आवश्यकता बनेको छ । यसलाई सबैले मनन गर्नैपर्छ ।
अनिल पाण्डे
सामाजिक सद्भाव आजको आवश्यकता
अनिल पाण्डे
केही समययता देशभित्र र बाहिर देखिएका विभिन्न उदाहरणले सामाजिक
सद्भाव कायम गर्ने दिशामा हामी निकै कमजोर रहेको पुष्टि हुन्छ । संगठित
संस्थाहरु नै यस मुद्दामा निकै कमजोर र निष्पृह देखिएका छन् । मुलुकले
शान्तिका दिशामा संक्रमणकालको स्थिति भोगिरहेका बेला कार्यपालिका
न्यायपालिका र व्यवस्थापिका उदार एवं संयम देखिनुपर्ने हो । तर देखिएको
छैन । त्यसैले नागरिक समाजले सामाजिक सद्भावका लागि भूमिका निर्वाह गर्नु
अनिवार्य भएको छ । यसको प्रारम्भ जहाँबाट पनि सुरु गर्न सकिन्छ । नेपाली
ुडायस्पोराु बाट पनि यो शुभकार्य थालेर उदाहरण देखाउन सके स्वागतयोग्य
हुनेछ । एक नेपालीलाई अर्को नेपालीले पहिलोले थालेको व्यवसायका लागि
ग्राहक बनेर सघाउने कुनै सन्दर्भ मिल्नासाथ प्रचार-प्रसारका लागि एक-दुई
शव्द बोलिदिने र मनभित्रबाट सद्भाव राख्ने काम गर्नु मात्र पनि सामाजिक
सद्भावका दिशामा गम्भीर योगदान सावित हुनेछ ।
नेपाल सरकारको तथ्यांकमा ५० लाख नेपाली आज विदेशमा छन् । प्रतिशतका
हिसावले यो संख्या करिब २० हो । अर्थात ५ जना नेपालीमा एक जना आज देशबाहिर
छ । यसमा अधिकांशतः रोजगारीमा लागेका छन् भने विद्यार्थी बनेर बाहिर
जानेको संख्या पनि ठूलो छ । २ करोड ३० लाख जनसंख्याको मुलुकमा ५० लाख
बाहिर रहनु आर्थिक र सामाजिक क्षेत्रका लागि ठूलो प्रभावको विषय हुनआउँछ ।
यसले साँस्कृतिक क्षेत्रमा पनि मनग्य प्रभाव पार्दछ । मुलुकभित्र
केन्द्रीय तथा स्थानीय सरकारलाई पनि यसले असर पार्दछ । श्रमशक्तिको अभाव
देखा पर्नसक्छभने नागरिकको व्यवस्थापनमा सहज पनि हुनसक्छ । थौरै
जनसंख्याको अर्थ थोरै तनाव र सीमित आवश्यकता पनि हो । एकातिर विदेशमा गएका
नागरिकले परिवारका लागि पठाएको विदेशी मुद्राले राज्यको शोधनान्तर स्थिति
र विप्रेषण बढाएको छभने विदेशको सुसँस्कृतिक सभ्यता पनि उनीहरुले नेपाल
भित्र्याउने गरेका छन् । विदेशबाट फर्किने नागरिकका लागि आफ्नो मुलुकका
अनगिन्ती व्यवहार बिझाउने गरेका छन् । विदेशका शहरमा आपुू बस्दा नगरपालिका
प्रान्त र केन्द्रमा समेत दर्ता गर्दै अभिलेख बनाउनुपर्ने नियममा बसेर
आएका नेपालीका लागि काठमाडौं अवतरण गर्नासाथ भद्रगोल अनुभव हुन्छ । अझ
हप्तौंदेखि सडककिनारमा थुपि्रएको फोहोर देखेपछि भने धिक्कार भन्न कर लाग्छ
। जाजरकोटमा फैलिएको झाडापखाला र एक दिनको वर्षाले अबरुद्ध हुने
राजमार्गहरु देखेपछि सरकार चलाएको अभिनय गर्नेहरुलाई धिक्कार भन्न मन
लाग्छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी ले साचालन गरेको ११ वर्ष लामो
सशस्त्र द्वन्द्वका कारण क्षतविक्षत भएको मुलुक भनेर केही समयअघिसम्म
पर्यटकहरुले पनि ुमाफीु दिने गरेका थिए । अब त उनीहरु नेपाल भ्रमणबाट
फर्किने बेलामा ुनेपालमा मैले दर्जनौं हण्डर खाएँ अब कहिल्यै आउँदिनँु
भनेर पर्यटन पुस्तिकामा टिपोट लेख्न थालेका छन् । पाइलैपिच्छे चक्काजाम
भयानक अस्थिरता र दुर्गन्धका कारण मुलुकको खासगरी सहरी क्षेत्र
बैरागलाग्दो हुनपुगेको छ । तराई क्षेत्रमा रहेका ५० भन्दा बढी सशस्त्र
समूहले चलाएको िहंसात्मक गतिविधिका कारण असुरक्षा यति बढेको छ कि त्यतातिर
न त राज्य विकासका कार्यक्रम लिएर जान सकेको छ न त पर्यटकहरुले नै भ्रमण
गर्ने हिम्मत देखाएका छन् । यसरी क्षेत्र तराई सामाजिक सद्भावको स्थितिबाट
निकै टाढा उछिट्टिन पुगेको छ ।
राज्य साचालनका तीन अंग- कार्यपालिका न्यायपालिका र व्यवस्थापिकामध्ये कुन
क्षेत्र बढी सफल छ भनेर हेर्नुभन्दा कुन बढी असफल छ भनेर प्रतिस्पद्र्धा
गराउनु स्वाभाविक हुनेभएको छ । ६०१ सांसद संसद्मा हाजिर गरेर जागिर
खाइरहेका छन् । विगतमा माओवादी सरकारले समेत संसद् बैठक बसुन्जेल चुप
लागेर सदन अन्त्य भएको एक साता नबित्तै अध्यादेश ल्याएको ुसंघीय
लोकतान्त्रिक गणतन्त्रु नेपालको उदाहरण छ । माओवादी सरकारले अध्यादेशका
रुपमा पारित गर्न खोजेको तर नसकेको व्यक्ति बेपात्तासम्बन्धी विधेयक आज
निकै चर्चामा छ । माओवादी द्वन्द्वको एक दशकको समयावधिलाई लक्ष्य गरेर
तयार पारिएको यस विधेयकले सत्य निरुपण तथा मेलमिलाप आयोगको एक महत्वपूर्ण
अङ्गका रुपमा कार्य गर्नेछ । तीन हजारभन्दा बढी नागरिक आजसम्म पनि
बेपत्ताको अवस्थामा रहेका छन् । आफन्तको लाश सास वा अवस्थाका बारेमा
अन्योलग्रस्त परिवारमा सामाजिक सद्भाव सिर्जना गर्ने होभने उनीहरुले न्याय
पाएको महसुस गर्ने वातावरण तयार हुनुपर्छ । तर गलत ढंगबाट विधेयक पारित
भएमा यसले अभियुक्तलाई कानुनी कठघरामा ल्याउनुको साटो औपचारिक उन्मुक्ति
प्रदान गर्नेछ । कार्यपालिका र व्यवस्थापिकाको अकर्मण्यता हेर्दा यो
विधेयक विधायिका संसद्वा यथावत रुपमै पारित हुने सम्भावना छ । यीआदि तमाम
क्षेत्रका दृश्यहरु हेर्दा सामाजिक सद्भावको शुभकार्य नागरिकबाटै थाल्न
हतार भैसकेको प्रष्ट हुन्छ । सामाजिक सद्भावको महत्व नेपालमै रहेका
नेपालीलाई भन्दा विदेशमा रहेका नेपालीका लागि बढी छ । यस कुरालाई ख्याल
गर्दै प्रवासी नेपालीले एक-आपसलाई सघाउन थालिहाल्नुपरेको छ । आजको थालनी
भोलिको व्यवहार र पसर्िको सँस्कृति बन्नेछ । सामाजिक सद्भाव नेपालीको
परिचय हुनसके कति ठूलो उपलव्धि सावित हुनेछ !
देश हराउँदै गएको नागरिक
अनिल पाण्डे
तपाईं जब कुनै परिचित व्यक्तिलाई भेट्नुहुन्छ त्यस बेला के कुरा गर्नुहुन्छ मैले विगत लामो समयदेखि क्यालिफोर्नियामा के अनुभव गरेको छु भने जब एक नेपालीले अर्को नेपाली भेट्छ तब बडा उत्साहका साथ वार्तालापमा सरिक हुन्छ । तर वार्तामा प्रायः एउटै विषय हुन्छ- त्यहाँ तेस्रो नेपालीको बिरोध भैरहेको हुन्छ । देश केही बर्षयता बढी नै मात्रामा विदेशतिर लागेको छ । २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले सशस्त्र द्वन्द्वको सुरुवात गरेपछि देश विदेशिन थालेको हो । सशस्त्र द्वन्द्वकालमा लागेको बानी द्वन्द्वपछिको अबस्थामा पनि छुट्न सकेको छैन अझ बढ्दै गएको छ । रोजगारी र अध्ययनका नाममा देश विदेशमा विलय हुदैछ हराउदै गएको छ । यसरी देश हराउनु सामान्य विषय होइन ।विदेशमा रहेका नेपालीले मनन गर्नुपर्ने सत्य के हो भने समयमा हामीले बुद्धि पुराउन सकेनौं भने हाम्रो नियती पनि भारत भूटान र बर्मामा रहेका नेपालीको सरह हुनसक्छ । हामीलाई थाहा छ यी मुलुकहरुबाट थातबात छोडेर धेरै नेपालीले कठोर पीडा छातीमा बोकेर पलायन हुनुपरेको छ । हामीले देखेका छौं उनीहरुमध्ये कति कालकूट बिष पिएर बाँचेका छन् । छातीमा गाँठो पारेर स्वास फेरेका छन् । किन उनीहरुले त्यो अबस्थामा पुग्नुपर् यो भनेर विश्लेषण गर्ने होभने विगतका कमजोरीहरु ज्गमा देखिन्छन् । आफ्नो जातिबीच सम्मान एकता र सहिष्णुताको भाव कायम राख्न नसकेका कारण उनीहरु बहुसंख्यकबाट शोषणमा परेका छन् । जातीय एकता नै प्रकारान्तरले देशभक्ति पनि हो । देशभक्तिले मानिसलाई उच्च अस्तित्व कायम राख्न र पहिचान विस्तार गर्न सघाउँछ । उदाहरणका लागि बेलायतका गोर्खा सैनिकलाई नै लिन सकिन्छ । उनीहरुलाई बेलायत सरकारले नागरिकता किन प्रदान गर् यो भनेर हेर्ने होभने उनीहरुबीचको एकता र इमानदारीपूर्ण ब्यबहार कारण देखापर्दछ । यसबाट विदेशमा रहेका हामी नेपालीले ठूलो पाठ सिक्नु आवश्यक छ । नॆपाली नागरिक विश्वको कुनै पनि कुनामा गएर प्रतिष्ठा बढाउने कार्य गर्छ भने सदा सरानीय रहन्छ । तर नेपाली विदेशमा पुगेर पनि सिर्जनात्मक क्षमता देखाउनुभन्दा बढी अरुको कुरा काट्नमै समय लगाइरहेको छ । कांग्रेस र कम्युनिस्ट भेट भएभने माओवादीको दोहोलो काड्छन् । माओवादी र कांग्रेसको वार्तालापमा एमाले धुजाधुजा हुन्छ । एमाले र माओवादी एकसाथ उभिएभने नेपाली कांग्रेस प्रतिकि्रयावादी हुनपुग्छ । लोकतान्त्रिक पद्धतिमा राजनीतिक पार्टीहरुको प्रतिष्ठा हराउनु भनेकै देश हराउनु हो । आज विदेशमा देश हराइरहेको छ । यो पंक्तिकार २५ बर्षदेखि अमेरिकामा छ । यसबीच कहिल्यै अमेरिका बन्द भएको यसले देखेन । बारम्बार पेट्रोलको भाउ बढेको सुनिन्छ तोडफोड हुदैन । मुल्य बृद्धिका विषयमा कंग्रेस सदस्य र सिनेटरबीच संसद् भवनमै टेवल ठोकाठोक हुनसक्छ तर जनताको टाउको फुट्दैन । अमेरिकामा लोकतन्त्र एक व्यवस्थामात्र नभएर संस्कार बनिसकेको छ । व्यवस्था र संस्कार बीचको फरक अमेरिका र नेपाल जतिकै भौगोलिक दूरीमा रहेका विषयहरु हुन् । हुनत अमेरिका र नेपाल दुवैमा लोकतन्त्र छ । अमेरिकामा लोकतन्त्र संस्कार बनिसकेको छ भने नेपालमा लोकतन्त्र राजनीतिको विषयमा सीमित छ । त्यसैले त नेपाली देश छोडेर विदेश पलायन भएका छन् । आम नेपालीलाई लोकतन्त्र आएकै छैन । तेह्रथुमका फागो र भोटियालाई देशमा पाचायती व्यवस्था छ कि बहुदलीय प्रजातन्त्र हुँदै लोकतन्त्र आइसक्यो केही फरक छैन । किनभने पहिला जुन अनौ जसरी समाइन्थ्यो र जुन कुवामा जसरी पानी भरिन्थ्यो आज पनि त्यसरी नै ती काम हुने गरेका छन् । उनीहरुका लागि लोकतन्त्र आउनु र नआउनुमा केही भिन्नता छैन । तर अमेरिकामा धेरैलाई लोकतन्त्र आएको छ । यद्यपि पुूँजीपतिलाई जुन रुपमा लोकतन्त्र आएको छ निर्धन व्यक्तिलाई त्यस रुपको लोकतन्त्र यहाँ पनि छैन तर पनि यहाँका नागरिक देशै हराउने गरी व्यवहार गर्दैनन् ।हामीले आफ्नो देश विस्रदै छौं किनभने अमेरिका आएर एउटै कोठामा २५ सौं नेपालीहरु कोचिएर बस्छौं । देशको प्रतिष्ठा पनि जोगाउनुपर्छ मेरो देश छ र त्यो हराएको छैन भनेर सोच्ने होभने हामी त्यसो गर्ने थिएनौं । हामी पश्चिमी मुलुकको विकासप्रति आकर्षित हुन्छौं तर यहाँको सभ्यतालाई अङ्गीकार गर्दैनौं । रेष्टुरामा खाना त खान्छौं तर पेट भरिएपछि काटा-चम्चा एकै ठाउँमा तेस्र्याएर राख्न जाँदैनौं । पेय पदार्थ वा चिया पिउँदा वरिपरिका व्यक्तिलाई तसा्रउने आबाज निकाल्छौं । हामीले डकार छोड्दा नजिकै उभिएको विदेशी चिडिया खानामा बसेको अनुभव गर्छ । विदेशीहरु बर्षको १० महिना घुँडा धसेर काम गर्छन् र दुई महिना सेठ बनेर भ्रमण गर्छन् । तर हामीलाई पाईपाई जोगाएर काठमाडौंमा घर-घडेरी र कार जोड्ने चिन्ताले सताइरहन्छ अमेरिकामा आएर पनि हामीले जात-भात छोड्न सकेका छैनौं ुबाहुन भएर बाहुनकै विरोध गर्ने ु जस्ता बोलीहरु यहाँ यत्रतत्र सुनिन्छन् । ुएउटै पार्टीमा विश्वास गर्ने व्यक्तिलाई छोडेर अर्को पार्टीको व्यक्तिलाई सिफारिस गर्ने जस्ता प्रश्नहरुको परिमाण घटेको छैन । हामी आफ्नो सन्दर्भको विषय होस् वा नहोस् हँ केरे… अँ अँ अनि… भन्दै आफ्नो काम बिगारेर पनि कान ठाडा पारिहाल्छौं । तर विदेशीले दिस इज नट माइ विजनेसु भन्दै कुम उचालेको अर्थ बुझ्दैनौं ।
यस पंक्तिकारले पनि आफूलाई परिष्कृत नेपाली ठान्न सकेको छैन । माथिका तमाम कमजोरी यसमा पनि रहेका छन् । तर यति हो यसले आत्मविश्लेषण गर्न थालेको छ । आशा गर्दछ यसले आगामी दिनमा आत्मालोचक धेरै साथी पाउने छ । देश गुमाएका शरणार्थीहरुको स्मरण गर्दै र उनीहरुको पीडाको अनुमान लगाउँदै हामी आफ्नो व्यबहार सुधार्ने छौं । विदेशमा पनि नेपालको परिचय उच्च बनाउँदै बाँच्नेछौं । सभ्यता र संस्कृतिको प्रदर्शनले नै देशभक्ति प्रकट हुने यथार्थ बुभुने छौं
एनए सम्मेलनः बोस्टनलाई क्यालिफोर्नियाको पाठ
अनिल पाण्डे California अमेरिकामा रहेका नेपालीहरुको पि्रय संस्था एएनएको २७औं सम्मेलन क्यालिफोर्नियामा यही जुलाई २ देखि ४ तारिकसम्म भव्य रुपमा मात्र साचालन भएन अत्यन्त सफलताका साथ सम्पन्न पनि भयो । सम्मेलनले एएनएमा रहेर लामो अनुभव सँगालेका साइमन ढुंगानाजस्ता व्यक्तिलाई आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको छ । ढुंगानाको कार्यकालमा केही नयाँ ुमाइलस्टोनु हरु गाडिनेमा यो लेखक विश्वस्त छ । एएनएको प्रभाव र क्षमता हेर्दा यसले पूरा पखेंटा िफंजाउँन सकेको देखिन्न । जनशक्ति आथ्ार्िक स्रोत-साधन र लोकपि्रयताका दृष्टिले यो नेपालीको अद्वितीय संस्था हो । अमेरिकाका ५० वटै राज्यमा एएनएका स्थानीय कार्यकारी निकाय निर्माण गरेर सांगठनिक रुपले बलियो बन्ने काम ढुंगानाकै पालामा हुने विश्वास लिन सकिन्छ । स्रोत-साधनको पूर्ण सदुपयोग गरी प्रभाव विस्तार गर्ने कामका लागि उहाँलाई धेरै-धेरै शुभकामना छ ।
२७औं सम्मेलन क्यालिफोर्नियाको सनप्रुा_िन्सस्कोमा निकै सफलताका साथ सम्पन्न भएको छ । यी सफलताहरु वास्तवमै अपूर्व थिए । सम्मेलन अपूर्व रुपमा सफल भएपनि यसमा सुधार्नुपर्ने पक्षहरुको पनि उत्तिकै भीड देखियो । सुधार्नुपर्ने पक्षको सूची छोट्याउन मात्र सकेको भए सम्मेलनका प्रशंसकहरुको संख्या निकै थपिने थियो । यसको सफलतामा ताली पिट्न प्रतीक्षा गरेर बस्ोका लाखौं दर्शक-स्रोताले प्रशंसाका लागि थप अवसर पाउने थिए । यस पंक्तिकारले एएनए सम्मेलनका सम्बन्धमा केही बोल्नु प्रारम्भदेखि नै भौतिक तथा मानसिक रुपले सकि्रय एक साचारकर्मीका हैसियतले आवश्यक छ । एएनए २७औं सम्मेलनको सफलता वा असफलतामा यो पनि आपुनो क्षेत्रबाट जिम्मेबार छ । सम्मेलनका सम्बन्धमा प्रचार-प्रसार गर्ने यसको जिम्मेबारीको विषय रहेको थियो । त्यसैले प्रचार संयोजकका हैसियतले यसले सम्मेलनका सफलता र असफलताका लागि आपुनो भागको जिम्मेबारी लिनैपर्छ । सम्मेलनका शुभचिन्तकहरुले दिएको यश-अपयशको अमृत वा कालकूट जो यसको भागमा थोरै मात्र पर्ने निश्चित छ पान गर्न सतिसाल बनेर यो उभिएको छ । सम्मेलनका गतिविधिमा दर्शक-स्रोताले निकै रोमााचक ढंगले स्व्ीकार गरेको कार्यक्रम साँस्कृतिक कार्यक्रम नै हो । यसमा सबैका प्रस्तुतिमा सहभागीहरुले नाचगानमा सरिक भएर आनन्द लुटेको परिचय दिए । रामप्रसाद खनाल १९७४ एडी व्याण्ड दीप श्रेष्ठलगायतका कलाकार मित्रहरुले सहभागीहरुबाट निकै स्यावासी पाएको पनि देखियो । त्यस्तै यस कार्यक्रमलाई विश्वव्यापी बनाउन अनलाइन प्रत्यक्ष प्रसारणको Dc Nepal & motherlandnepal ले जुन व्यवस्था मिलाइएको थियो त्यसको प्रशंसा खासगरी नेपालमा रहेका परिवारजनहरुले निकै उठाएको देखियो । हरेक क्षण पाँच सयको संख्याले कार्यक्रम लगअन गरिरहेको प्रमाण आम दर्शकहरुले प्रत्यक्ष देख्नुभएको छ । सम्मेलनप्रति अमेरिकामा रहेका नेपालीको ठूलो उत्साह थियो भन्ने कुराको प्रमाण रक्तदानमा भेला भएको जनसमूहले पनि पुष्टि गर्दछ । रक्तदाताहरुको उपस्थिति जुन परिमाणमा भयो त्यो अपेक्षा आयोजकहरुले गरेका थिएनन् । साहित्यिक कार्यक्रममा सहभागीहरुको उपस्थितिले प्रेक्षालय टन्न भरिएको थियो । यस उपस्थितिलाई सम्मान गर्न साहित्य स्रष्टाहरुले अझ बढी मेहनत गर्नु आवश्यक देखियो । यो अत्यन्त सराहनीय पक्ष हो । सम्मेलनले सम्मान गर्न नजाने तापनि यसलाई सफल बनाउन विभिन्न विभाग समालेर बसेका संयोजकहरुले प्रशंसनीय कार्य गरेका थिए । वास्तवमा सम्मेलनको सफलतामा उनीहरुको योगदानले जगको काम गरेको छ । यसका लागि सम्पूर्ण संयोजकहरु प्ा्रशंसा र सम्मानका पात्र छन् । सम्मेलनका बारेमा प्रेसलाई जसरी महत्व दिनुपथ्र्यो दिन सकिएन । पत्रकारहरुलाई प्रभावमा राख्न सकेको भए जे-जति ऐतिहासिक वा अपूर्व सफलता यस पटक सम्मेलनले हातपार् यो त्यसको सामयिक र विशेष प्रचार हुनेथियो । तर त्यस्तो हुन सकेन । सम्मेलनप्रति प्रेसजगत बेखबर रहेको पाइयो । आजको युगमा कुनै पनि सार्वजनिक महत्वको विषयको मापदण्ड प्रेसजगत सापेक्ष मात्र हुन्छ । त्यसलाई अलग राखेर सफलता हासिल हुन सक्तैन । सफलताको मापदण्ड प्रेसले कसलाई कति स्थान दियो भन्नेमा निर्भर गर्दछ । प्रेसजगतले बढी र सन्तुलित स्थान दिनुको अर्थ हुन्छ सफलताको परिचायक । एएनएको २७औं सम्मेलनको समाचार प्रेसजगतमा न्यून आयो भन्नुको अर्थ हो- त्यसको सफलताको न्यूनता । यस पटक सम्मेलनका केही कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरे त्यसमा कुनै आशंका छैन । तर साचारमाध्यममा नआएका कारण अमुक कार्यक्रम सफल थियो भनेर कुनै अभिलेख वा आधार तयार हुन सकेन । सफलता प्रमाणित हुन सकेन । सम्मेलन सफल भएकोमा प्रसन्न हुन चाहने योगदानदाताहरुले आधार प्राप्त गर्न सकेनन् । साचार क्षेत्रकै कमजोरीका कारण सम्मेलनका कार्यक्रमहरु कहाँ र कुन समयमा हुँदैछन् कतिलाई जानकारी भएन । खेलहरु अत्यन्त सफल थिए तर दर्शक थिएनन् । जानकारीका अभावका कारण यो अवस्था सिर्जना भएको हो । एकातिर रजिष्ट्रेसन प्रकि्रया अत्यन्त मन्द गतिले अघि बढेको थियोभने कुन टिम कहाँ कोसँग खेल्दै थियो भन्ने सूचनासमेत खेलप्रेमीहरुले पाउन सकेका थिएनन् । प्रेसलाई खेल समाचारबारे रिपोर्ट गर्न पास उपलब्ध गराउन सकिएको भए कार्यक्रमले व्यापकता पाउने निश्चित थियो । आयोजक समितिले ुपत्रकारले पैसा तिर्दैनन् किन दिने पासु भन्ने सङ्कीर्ण मनस्थितिका कारण दर्शकदीर्घा खाली राखेर खेल खेल्न खेलाडीहरु वाध्य भए । उनीहरुको उत्साह बढाउने दर्शकहरुको शख्त अभाव देखियो । आयोजकबाट विभिन्न कार्यक्रमको घोषणा गर्ने तर पूरा नगर्ने काम पनि भयो । प्रेसिडेन्ट अवार्ड यस्तै एक उदाहरण हो । चार दिनसम्म कुरियो तर यस्तो नामको कुनै पुरस्कार घोषणा गरिएन एनएले सम्मेलन आयोजक समितिका सात संयोजक नै सर्वेसर्वा हुन् भनेर मूल्यांकन गरेको पाइयो । सम्मेलनले अरुको योगदान र मेहनतलाई महत्व दिन सकेन । वचनमा सम्म दरिद्रता देखाउनु कुनै अर्थमा पनि स्वाभाविक होइन । धन्यवाद र आभारु भनेर योगदान दिने व्यक्ति र समूहका नाममा कुनै प्रस्ताव पारित गर्दा एएनए आयोजक समितिको कुनै नोक्सान हुने थिएन । कन्भेनर पाँच सहसंयोजक र एक एएनएका महासचिवलाई मात्र धन्यवाद प्रदान गर्नु र अरुलाई बेवास्ता गर्नु वास्तबमै खेदजनक छ । आयोजक समितिले केही अन्य काममा पनि ठूलै लापर्वाही देखायो त्यसमा स्मारिका पनि उदाहरण हो । यो निकै कमजोर प्रकाशन हुन आएको छ ।सम्मेलन आयोजक समितिले कार्यक्रममा स्वयंसेवी बनेर सघाउने युवा तथा विभिन्न क्षेत्रमा सकि्रय सहभागीहरुलाई तत्काल प्रशंसापत्र उपलव्ध गराउनुपर्छ । एएनए पधाधिकारी तथा कन्भेनियन काउ_िन्सलका सदस्यहरु बसेर सम्मेलनको सफलता-असफलतामाथि पुनरवलोक हुनु आवश्यक छ । अन्त्यमा २७औं एएनए सम्मेलनबाट आगामी आयोजकले पाठ सिक्न सकून् यही नै शुभकामना छ । आगामी वर्ष पश्चिमी अमेरिकाको बोस्टोन सम्मेलनमा २८औं एएनए सम्मेलन हुन गैरहेको छ । अमेरिकाको जुनसुकै कुनामा आयोजना गरिए पनि एएनए सम्मेलनले नेपाल र नेपालीको इज्जत बढाउने र प्रतिष्ठा कायम राख्ने काम गर्नुपर्छ । अरुले हेर्दा ुसम्मेलन त नेपालीको जस्तो पोु भन्ने अवस्था आयो भने ठूलो उपलब्धि हुनेछ ।
नेपालीको अन्तस्करणमा रोपिएको एक मात्र भावना के हो भनेर कसैले सोध्यो भने निसङ्कोच भन्नसकिन्छ- स्थायी शान्ति । नेपालीहरु शान्तिका लागि समर्पित छन् । उनीहरुका लागि जसले शासन गरोस्, केही छैन । तर शान्ति चाहिएको छ । राष्ट्रपति र प्रधानमन्त्री जो बनोस्, वास्ता छैन, अमन-चयन भए पुगेको छ । राजनीतिक व्यवस्थामा पनि खास चिन्ता छैन, केबल चिन्ता छ त- रक्तपातरहित परिवर्तनमा ।
यस पक्तिकारले एक साता लामो नेपाल बसाइबाट हालै आर्जन गरेको ज्ञान हो यो । यस बसाइमा यसले हिजोका खतरनाक विद्रोही नेता प्रचण्ड वा आजका हँसिला प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पत्रकार, कलाकार, सामान्य नागरिक सबैलाई भेट्यो । सबैमा शान्तिको चाहना शीर्ष स्थानमा रहेको पायो । उनीहरु सबै नै कथंकदाचित शान्ति भंग भयो भने, मुलुक र जनताले पाउने भयानक दुखप्रति निकै संवेदनशील थिए ।
यो पक्तिकार काठमाडौं छोडेर सिंगापुर हुँदै क्यालिफोर्निया आइपुग्दा नपुग्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्लास्तरमा मात्र होइन गाउँ स्तरमा पनि शान्ति समिति गठन गर्ने घोषणा गर्यो । स्थानीय समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने गरी सरकारले नियम बनायो । पहिला बनिसकेका र महिलालाई सम्मानजनक स्थान नदिएका समितिहरु पुनर्गठनमा पर्नेभए ।
पचहत्तरै जिल्लामा शान्ति समिति गठन हुने, संविधान निर्माण, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्थानीय स्तरबाट सघाउने र नयाँ नेपालको निर्माणमा गाउँस्तरदेखि योगदान पुग्ने वातावरणको पूर्वाधार तयार भयो । यसमा मुलुकभित्र र बाहिरबाट भएका योगदानलाई बिर्सन हुन्न । जब अधिकारकर्मीहरुले शान्ति समितिमा आधा आकास तिरस्कृत भएको सर्न्दर्भमा पैरवी गरे, त्यसलाई गति दिन सञ्चारमाध्यम जुरुक्क उभियो । परिणामरुपम शान्ति स्थापनाका लागि देशभर समिति गठन हुने अवस्था सिर्जना भयो । यसमा एक थोपाको योगदान गर्न पाएकोमा पक्तिकार र यसको संस्था मदरल्याण्ड नेपाल दंग छ ।
प्रधानमन्त्री प्रचण्डसँग आधा घण्टासम्म कुराकानी भएपछि पाएको प्रभावले भने यस पक्तिकारको पूरापुर पुरानो धारणा नै परिवर्तन गरिदियो । लाग्यो, अब नेपालमा केही सकारात्मक परिवर्तन भयो भने केबल माओवादीकै नेतृत्वमा हुन्छ, अन्यथा कहिल्यै केही हुँदैन । किनभने माओवादी नेतामा परिस्थितिलाई हेर्ने दृष्टिकोण र सबै विचारधारका व्यक्तिहरु, यदि राष्ट्रभक्त छन् भने उनीहरुलाई समेटनुपर्छ भन्ने जुन भावना मैले पाएँ, त्यसले मलाई माओवादी र त्यस पार्टीका नेता प्रचण्डको उच्च मूल्यांकन गर्न वाध्य बनायो ।
प्रधानमन्त्री प्रचण्डसँगको कुराकानीमा दुइ विषयले प्रमुखता पाए- नेपालमा शान्ति स्थापनाका लागि मदरल्याण्डजस्तो प्रवासी नेपालीको संस्थाले के गर्नसक्छ र अमेरिकाको क्यालिफोर्नियामा नेपाली कन्सुलर कार्यालको आवश्यकता कति छ । यी दुवै विषयमा निकै आशाप्रद कुराकानी हुनसक्यो । यसका बारेमा केही सकारात्मक संकेत व्यवहारमा देखापर्नुअघि नै केही बोल्नु कुनै पक्षका लागि पनि हितकर हुनेछैन । त्यसैले आजै केही नभनौं । समय र परिस्थितिले केही काम हुन सघाएछ भने प्रवासमा रहेका, खासगरी क्यालिफोर्निया तथा यस क्षेत्रमा रहेका नेपालीका लागि लाभ नै हुनेछ ।
मदरल्याण्ड नेपालको अध्यक्षका हैसियतले यस पक्तिकारले काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गर्यो । 'शान्ति प्रक्रियामा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रियामा परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रवासी नेपालीलाई प्रोत्साहन दिने जुन अभिव्यक्ति दिनुभयो, त्यसको पनि सराहना हुनैपर्छ । जसरी इजरायलका यहुदीहरु जहाँ रहेपनि आफ्नो मुलुकको विकासका लागि सदा तत्पर रहन्छन्, त्यसरी नै नेपालीहरु जहाँ रहेपनि नेपालको विकासका लागि लागिरहनुपर्ने आवश्यकता यादवले औंल्याएका थिए । उनको भनाइ थियो, आज विश्वमा यहुदीको इज्जत यस कारण छ कि, किनभने इजरायलको अस्तित्व छ । इजरायलले राम्रो प्रगति नगरेको अवस्थामा विश्वका विभिन्न कुनामा रहेका यहुदीलाई कसैले मान्ने छैन । यसैगरी नेपालले प्रगति गरे मात्र नेपाली विश्वको जुनसुकै कुनामा रहे पनि सम्मानित हुने छन् भन्ने तर्क मन्त्री यादवको थियो । त्यसैले प्रवासी नेपालीले आफ्नो मुलुकमा लगानी बढाउनुपर्छ भन्ने धारणा उनको थियो । मन्त्री यादव प्रवासी नेपालीलाई मुलुकमा लगानीको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै थिए, यसका लागि उनको प्रशंसा गर्नैपर्छ ।
मेरो नेपाल बसाइका क्रममा मैलै प्रशंसा गर्नुपर्ने अरु व्यक्तित्वहरु पनि छन्, जस्तो नेपाल समाचारपत्रका प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठ, पत्रकार तथा मानवअधिकारकर्मी कपिल काफ्ले, यति ट्राभलका मित्र हेमन्त आर कोलाक्षपति, मदरल्याण्ड नेपालको नेपाल च्याप्टर प्रमुख जीवन पाण्डे, माइ संसार ब्लगका साथीहरु, गोविन्द शाही, शेखर ढुंगेल, ध्रुव थापा, रचना सिंह, नवीन अधिकारी, नारायण बस्नेत र उहाँको समूह, कमल रन्धवा, रोजर जे रोसन, युवराज तिमिल्सिना, भक्त थापा, डा. आमोद पोखरेल, गीता श्रेष्ठ, ललित गुरुङ, मनोज ज्ञवाली, श्याम पाण्डे तथा उनको समूह, रिना पाण्डे, मनसुन पाण्डे, ऋषि धमला, सामन्झ गैरे, दिनेश बढु, पङ्कज श्रेष्ठ, मधु लम्साल, विदुर गिरी र उनका साथीहरु, रेडियो अडियो समूह, प्रधानमन्त्री कार्यालयका समिर दाहाललगायतका थुप्रै नेपाली साथीहरुको सहयोगका कारण मेरो नेपाल यात्रा निकै सफल भयो । उनीहरुको सहयोग नहुँदो हो त एक सातामा अत्यन्त व्यस्त प्रधानमन्त्रीदेखि आ-आफ्नो क्षेत्रका सिद्धहस्त अन्य व्यक्तिसँगको सहयात्रा सम्भव थिएन । मित्र हेमन्तको कठोर प्रयासबाट मात्र प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट सम्भव भएको हो भन्ने कुरामा पनि मलाई कुनै शंका छैन ।
जेहोस्, सबैले मलाई सहयोग गरेको र मैले नेपालसम्मको यात्रा गरेको पनि अरु कुनै कारणले नभएर शान्ति प्रक्रियामा सघाउने उद्देश्यले नै हो । हिजो मदरल्याण्डले भरियादेखि पत्रकारसम्म र बाढीपीडितदेखि स्वास्थ्यकर्मीसम्मलाई गरेको सहयोग पनि शान्तिकै लागि हो । अभाव, पीडा र दुख अशान्तिका कारण हुन् भने सहयोग, प्रेम र सद्भाव तथा आर्थिक विकास शान्तिका कारण हुन् । मेरा मित्रहरुले मलाई नेपालमा जाँदा जति सहयोग गरे, त्यो पनि शान्तिका लागि हो भन्ने मैले विश्वास लिएको छु ।
प्रवासको आवाज देशभक्ति नेपालीको पहिलो पहिचान - अनिल पाण्डे
देशभक्ति नेपालीको पहिलो पहिचान
राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ, त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनुपर्छ भन्ने मान्यता मात्र प्रकट गर्न चाहन्छ ।
हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा न्यूनीकरण गर्ने वा होच्याउने अवसरको "सदुपयोग" गर्नु स्वाभाविक बनेको छ । एकले अर्कालाई राजनीतिक पार्टी वा कुनै वादका आधारमा खण्डीकृत गर्ने र "तँभन्दा म योग्य व्यक्ति" भनेर सावित गर्ने अभ्यासमा जुटेको पाइन्छ । नेपाली कांग्रेस, एमाले, माओवादी, राजावादी वा यस्तै विशेषण लगाएर काटाकाट गर्ने प्रवृत्ति मुलुकमा जुनसुकै व्यवस्था आएपनि कायम छ । स्थायी चरित्रका रुपमा यस प्रवृत्तिले मौलाउने अवसर पाएको छ ।
के यस प्रवृत्तिले नयाँ नेपाल निर्माण होला ? अवश्य हुँदैन । हामीले न्यूनतम आधार खडा गरेर सम्पर्ण नेपालीलाई समेट्ने उदार मनस्थितिको विकास गर्नैपर्छ । कुनै नेपाली कम्तिमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि आफ्नो क्षेत्रबाट विवेकको प्रयोग गरिरहेको छ भने कुनै राजनीतिक विचार वा शासन पद्धतिप्रतिको आस्थाका कारण उसलाई अपमान गर्ने सोच सबैका लागि घातक छ ।
आफ्नै उदाहरण दिएर पंतिकार प्रष्ट पार्न चाहन्छ । यसले मुलुकमा राजतन्त्र हुँदा होस्, छयालीस सालयताको बहुदलीय पद्धतिको शासनमा होस् वा आजको माओवादीको नेतृत्ववाला सरकार चलिरहेको अवस्थामा किन नहोस्, नेपाल र नेपालीका लागि दुइ शव्द बोल्ने-लेख्ने र दुइ डलरको सहायता पुर्याउने अभ्यास त्यागेको छैन । त्याग्नेवाला पनि छैन । श्रमको खोजीमा आज अमेरिका आएपनि यसको मेहनतको प्रतिफल आफ्नै जन्मस्थलमा पुग्नुपर्छ भनेर यसले "लबी" गर्दै आएको छ ।
एनआरएनले नेपाली नागरिकता र लगानीको अवसर पाउनुपर्छ भनेर यसले आफ्नो विचार प्रकट गरेको र पैरवीको स्तरमा आएर कुरा अघि बढाएको पनि कति शुभचिन्तकलाई थाहा छ । यसलाई लाग्छ, यसले अन्तस्करणबाट नेपाल र नेपालीको पक्षमा सोचिरहेको छ । के सामान्य नेपाली भएर बाँच्न यसको यो सोच पर्याप्त छैन र ?
हिजो केही राजनीतिक दलभन्दा पनि राजालाई देशभक्त पाएकाले यसले सोही अनुसार अभिव्यक्ति प्रकट गरेको सत्य हो । वस्तुवादी भएर बोल्न मन पराउने यस पंतिकारले माओवादीदेखि विभिन्न राजनीतिक पार्टी देशभक्तिपर्ण कामको प्रशंसा र कमजोरीको खुलेर आलोचना गरेको छ । भोलि मात्र होइन, बाचुञ्जेल यसले यो अभ्यास छोड्दैन । लोकतन्त्र र मानवअधिकारको मार्गलाई यसले सदा सम्मान तथा अनुशरण गर्छ र आज देखिएका राजनीतिक दलहरुमध्ये उनीहरुको कामको आधारमा बढी देशभक्त देखिएको पार्टी निकट बसेर काम पनि गर्छ । तर यसरी प्रष्ट हुनु र पारदर्शितालाई स्वीकार गर्नु आलोचनाको विषय नबनोस्, यसको यत्ति मात्र विनीत आग्रह हो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको, नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला, राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने, ऊ प्रतिगमनकारी नै हो । समयको मागलाइ वुझ्नुनै वैज्ञानिकता हो । जस्तो, भेरिएबल्स ( Variables) नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्षबदलिनु अवैज्ञानिक हुँदैन । जहाँसम्म मानवीय कमजोरीका कुरा छन्, यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन ।
यस पक्तिकारले सन्दर्भअनुसार आफ्नै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता प्रदर्शन गर्ने मान्यता बनाउँनुपर्छ । यस कार्यमा हामी सफल हुनसकौं, यही शुभकामना ।